आर्वा फोहोरमुक्त

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७
arwa

पोखरा । पोखराको नमुना वडारुपमा परिचित वडा–१३ ले फेरि नयाँ अभ्यास सुरुवात गरेको छ । वडाको आर्वास्थित विभिन्न ७ वटा टोल विकास संस्थाले सामूहिक प्रतिबद्धता गर्दै मोहोरमुक्त आर्वा बनाउने घोषणा गरे ।

वडाध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यमा शनिबार आर्वामा भएको कार्यक्रममा अबदेखि टोलभित्र कहीँ कतै जथाभावी फोहोर फालिएको पाइए कारबाही गरिने भएको छ ।

‘फोहोरबाट मोहोर कमाउने’ योजनाअन्तर्गत फोहोर व्यवस्थापन गरी वडा कार्यालयले सो अभियान ल्याएको वडाध्यक्ष लामाले बताए । उनले पोखरा महानगरपालिकालाई फोहोरमुक्त बनाउन फोहोर वर्गीकरण गरी घरबाटै अभियान थाल्न आह्वान गरे । फोहोरबाट मोहोर कमाउन सकिन्छ भन्दै उनले फोहोर वर्गीकरण गरेर बिक्री गर्न सकिने अवधारणा पेस गरेका थिए । कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सकिने र प्लाष्टिकजन्य फोहोरबाट नगद कमाउन सकिनेबारे जानकारी दिए ।

फोहोर व्यवस्थापनका जानकार छवि गौडेलले सहभागीलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिए । फोहोर व्यवस्थापन तथा सरसफाइ स्तरोन्नतिकरणबाट आर्थिक विकास विषयमा उनले प्रशिक्षण दिएका हुन् ।

यस्तै, कृषि विषयमा विद्यार्थी रोशन बरालले फोहोरबाट प्राङ्गारीक मल बनाउने प्रक्रियाबारे जानकारी दिए ।

कार्यक्रममा आर्वाका श्री मोहरपानी आदर्श, लक्ष्मीनारायण, अर्धनारेश्वर, नवदुर्गा, गाईपानी उपल्ला गाउँ, थापाको चौतारा र अमलाचौर चापडाँडा टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

टोल विकास समितितर्फबाट ज्येष्ठ सदस्य टीकाराम बरालले अध्यक्षता र कार्यक्रम संचालन श्री मोहरपानी आदर्श टोल विकासका अध्यक्ष श्रीराम सिग्देलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width