गण्डकीमा १५ संक्रमित भेटिए, पुगे साढे ३३ सय

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
covid 19 corona banner

पोखरा, ३ असोज । गण्डकी प्रदेशमा कुल संक्रमित संख्या साढे ३३ सय पुगेको छ । प्रदेशमा शनिबार थप १५ जना कोरोना संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ निर्देशनालयले शनिबार बिहान विज्ञप्तिमार्फत प्रदेशका विभिन्न जिल्लामा गरि १५ जना थपिएको जनाएको हो ।

जसमा नवलपुरका ११, पर्वत २, स्याङ्जा १ र लमजुङमा १ गरि १५ जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको हो। यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार ३ सय ५१ पुगेको छ। हालसम्म प्रदेशमा कोरोना संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width