पोखरा, २ असोज । कास्की जिल्लामा अघिल्लो महिना तुलनामा भदौमा आत्महत्या गर्नेको दर घटेको छ । साउनमा जिल्लाभर १९ वटा आत्महत्याको घटना भएकोमा भदौमा त्यो संख्या घटेर ११ मा झरेको छ । त्यसअघि असारमा १४ थियो ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएपछि सरकारले देशभर विभिन्न नाममा लागू गरेको बन्दाबन्दीका कारण मानिसमा मानसिक समस्या थपिएको र आत्महत्याको दर बढेको तथ्यांक सार्वजनिक हुँदा कास्कीमा भने यो दर घटेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन महिनामा झुण्डिई आत्महत्या गर्नेहरु १६, हाम फालेर २ र विषय सेवन गरी १ जना गरी १९ मुद्दा दर्ता भएकोमा भदौमा मात्र ११ वटा मुद्दा दर्ता भएको हो । भदौमा झुण्डिई आत्महत्याका ९, विषय सेवन र हाम फालेर आत्महत्याका १–१ मुद्दा दर्ता भएका हुन् । त्यसो त असार महिनामा झुण्डिएर १३, विष सेवन गरी १ गरी १४ मुद्दा दर्ता भएका थिए ।
देशमा कोभिड–१९ संक्रमण नहटिसके पनि सर्वसाधारणको दबाबका कारण सरकारले विभिन्न सेवा संचालन खुलाउँदै मानिसको दैनिक जीवनका क्रियाकलाप खुकुलो बनाउँदै गएको छ । असोज १ देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात खुलेका छन् भने आन्तरिक हवाई उडान समेत खुला गरिएको छ । जस कारण मानिसले सहज अनुभूति गरेका छन् ।
असोज १ देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात खुलेका छन् । जस कारण मानिसले सहज अनुभूति गरेका छन्
प्रहरीका अनुसार साउन महिना तुलनामा भदौमा विभिन्न आपराधिक क्रियाकलापका मुद्दा दर्ता समेत घटेका छन् । साउनमा १ सय १६ मुद्दा दर्ता भएकोमा घटेर भदौमा मात्र ८६ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत असारमा १८, साउनमा ३२ र भदौमा २० मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, जबर्जस्ती करणीमा असार, साउन र भदौमा क्रमशः ४, ७ र ७ तथा जबर्जस्ती करणी उद्योगअन्तर्गत असारमा शून्य, साउन र भदौमा क्रमशः १ र ३ मुद्दा दर्ता भए ।
सवारी ज्यानमा भने साउनमा १ मुद्दा दर्ता भएकोमा भदौमा बढेर ३, फुटकर ज्यानअन्तर्गत साउन र भदौमा क्रमशः ११ र ६ छन् । बैंकिङ कसूरका मुद्दा दर्तासमेत घटेका छन् । असारमा ६, साउनमा २ र भदौमा १ मुद्दा दर्ता छन् ।
त्यस्तै, चोरीका मुद्दा पनि घटे । असारमा २, साउनमा ९ र भदौमा मात्र ३ मुद्दा दर्ता भएका हुन् ।
प्रहरी फरार प्रतिवादी पक्राउ गर्नेक्रममा प्रहरीले सफलता हात पारेको छ । भदौमा १ सय ५८ जनालाई पक्राउ गरेको जनाएको छ । यस्तै,असारमा १८ र साउनमा ५ जनालाई पक्राउ गरिएको थियो ।
प्रहरीले भदौमा १ हजार ९ सय ट्राफिक कारबाहीबाट झण्डै १४ लाख राजस्व संकलन गरेको छ । गत असारमा ५६ सय कारबाहीबाट झण्डै साढे ३५ लाख र साउनमा ३४ सय कारबाहीबाट सवा २५ लाख राजस्व संकलन गरेको थियो ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१