मिर्गौलापीडितलाई साढे ९ लाख

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
kidney

पोखरा । स्याङ्जाको अर्जुनचौपारी २, लामडाँडाका मिर्गाैलापीडितसहित दीर्घ स्वास्थ्य समस्यामा रहेका ५ जनालाई ९ लाख ५७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

लामडाँडाबाट पोखरा आइ बसोबास गर्नेहरुको हालै स्थापित साझा संस्था लामडाडा सम्पर्क समाज पोखराले एक कार्यक्रम गरी मिर्गाैलापीडित डिलबहादुर गुरुङ, सुस्मिता गुरुङ, चौमाया गुरुङ, अपाङ्गता भएका दुर्गाबहादुर र रुकबहादुर गुरुङलाई स्वास्थ्योपचारका लागि सहयोग हस्तान्तरण गरिएको हो।

सम्पर्क समाजका सदस्य र विभिन्न सहयोगदाताबाट ४ लाख ८३ हजार, लामडाँडाका चेलिबेटीहरुबाट १ लाख ४ हजार गरी ५ लाख ८७ हजार रुपैयाँ, स्याङ्जा चिउरीखर्क समन्वय समितिले स्पेनबाट प्राप्त ३ लाख ७० हजार रुपैयाँ समेत गरी ९ लाख ५७ हजार सहयोग गरिएको कार्यक्रममा समितिका सचिव प्रितम गुरुङले जानकारी दिए।

कार्यक्रम समाजका अध्यक्ष क्या. टेकबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width