म्याग्दी, २९ भदौ । बागलुङको जैमिनी नगरपालिकामा पहिरोले पुरिएर बेपत्ताको शव भेटिएको छ । निरन्तर परेको अविरल वर्षातका कारण घरमाथिदेखि झरेको पहिरोले पुरिएर बेपत्ता भएका जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिशेरा टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । आज सोमबार विहान ९ बजेतिर शर्माको शव भेटिएको हो ।
सूचना अधिकारी तथा प्रहरी निरीक्षक केसीका अनुसार परिवारका अन्य सदस्य भने सकुसल रहेका छन् । आइतबार पनि जैमिनी नगरपालिका वडा नम्बर १ र ५ मा पहिरोले धनजनको क्षति पु¥याएको छ । पहिरोले स्थानीय पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्न बहादुर क्षत्री र तारादेवी शर्माको घरमा पूर्ण रुपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
उद्दारका लागि घटनास्थलमा नेपाली सेना र प्रहरी परिचालन गरी उद्दारको काम भइरहेको प्रहरीको भनाई रहेको छ । दुई दिन यता निरन्तर भइरहेको वर्षाका कारण कमजोर जमिन भत्केर पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति भएको छ ।
बाढी पहिरोले जैमिनीमा ठुलो क्षति पुर्याएको नगरपालिकाका उपमेयर लिला रानाले बताए । पहिरोले पुरिएर टुनिबोटमा सोमबार एक जनाको ज्यान जानकारी दिँदै बर्षा नरोकिएकाले कुन वडामा कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको घटना स्थलमा रहेका उपमेयर रानाले बताए ।
टुनिबोटमा गएको पहिरो । यो पहिरोमा परेर एकजनाको मृत्यु भएको छ ।
तस्वीर सौजन्य ः धु्रव राना मगर
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१