स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गण्डकी प्रदेश संयोजकमा जैसी

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७७
inc nepal gandaki

स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ ।

अभियानको शनिवार बसेको भेलाले कृष्णप्रसाद जैसीको संयोजकत्वमा १३ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा सवी भट्टराई रहेकी छिन् । यस्तै, सदस्यमा सुनिलबहादुर कोइराला (कास्की), मिनराज बाँस्तोला (बाग्लुङ), बल्लव ठकुरी (गोरखा), गोपाल गुरुङ (लमजुङ) रहेका छन् ।
यसैगरी, सदस्यमा दीपेन्द्र लामिछाने (पर्वत), सुनिल शर्मा (म्याग्दी), तुल्सीराम भुषाल (नवलपुर), सन्तोष पौडेल (स्याङजा) र राम पोखरेल (लमजुङ) रहेका छन् ।

मनाङ र मुस्ताङका दुई सदस्य भने पछि थपिने संयोजक जैशीले जानकारी दिएका छन् । यसैगरी समितिको सल्लाहकारमा नारायण विक्रम शाहीलाई चयन गरिएको छ ।

केन्द्रीय संयोजक स्वागत नेपालले अभियानले उठाएका राइट टु रिजेक्ट, राईट टु रिकल, उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र र दुई दलीय व्यवस्थालगायतका विषयहरुमा डृढतापुर्वक होमिन अभियान्तालाई निर्र्देशन दिए ।
यसैगरी, भेलाले स्वतन्त्र राष्ट्रिय युवा अभियान कास्कीको जिल्ला संयोजकको जिम्मेवारी मिलन कुँवर थापालाई दिएको छ ।

अभियानले प्रदेशका युवाहरुलाई राजनीतिक जागरण अभियान चलाउने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width