दमौली । आँबुखैरेनी गाउँपालिकाले १२ शैय्याको आइसोलेसन कक्ष तयार पारेको छ ।
पछिल्लो समय कोभिड–१९ संक्रमण समुदायस्तरमा समेत बढ्दै जान थालेपछि उपचारको लागि सहज बनाउने उद्देश्यले आइसोलेसन कक्ष निर्माण गरिएको हो ।
आँबुखैरेनी–३ तल्लोबजारस्थित शिवालय मन्दिर नजिकै गाउँपालिकाले केहि वर्ष अघि निर्माण गरेको सार्वजनिक भवन प्रयोग गर्ने गरी आइसोलेसन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।
कोभिड–१९ संक्रमण दिनानुदिन समुदायस्तरमा बढ्दै गएको अवस्थामा आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए तत्कालै उपचारको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकामा नै आफ्नै आइसोलेसन कक्ष भएपछि कोरोना संक्रमितहरुले पारिवारिक वातावरणको अनुभूति गर्न पाउने छन्् । उनले भने, ‘यही आइसोलेसन कक्ष भएमा उपचारमा छिटो र आफन्तजनले रेखदेख गर्न समेत सहज हुने विश्वास गरेका छौं ।’
सानातिना कुरामा पनि अरुको मुख ताक्नुपर्ने प्रवृत्ति न्यूनीकरण गर्दै आफ्नो खुट्टामा आफै उभिन सक्ने गरी सक्षम बन्न आवश्यक देखिएको अध्यक्ष थापाले बताए । उनले आफ्नै आइसोलेसन भएपछि संक्रमीतलाई अन्यत्र पठाउनु पर्ने बाध्यता हटेको बताए ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१