ढाेरपाटनमा बाढी आउदा ठूलाे जनधनकाे क्षति

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
inbound8934570069526502147

पाेखरा, १८ भदाै । बागलुङकाे ढाेरपाटनमा बाढी आउदा दर्जनाै मान्छे र घर बगाएकाे छ । ढाेरपाटन नगरपालिका ९ भुजीखाेलामा आएकाे बाढीले ठूलाे जनधनकाे क्षति गरेकाे हाे ।

बाढीमा परेर १५ भन्दा बढी ब्यक्ति र ३० भन्दा बढी घर बगाएकाे स्थानीयहरुकाे अनुमान छ । पूरा बिबरण आईसकेकाे छैन । बिद्युत गृह र स्कुल सहितका भाैति संरचना बगाएकाे छ ।

प्रशासन र सुरक्षा निकाय सहित जनप्रतिनिधिहरु घटनास्थल तर्फ जाँदै गरेकाे बागलुङ नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

`ठूलाे क्षति भएकाे छ । तर विवरण आएकाे छैन,´ उनले आदर्शसमाजसँग भने, `हामी घटनास्थलतर्फ जाँदै छाै । बाटाे असहज भएकाेले अझै समय लाग्न सक्छ ।´

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै