लायन्स भद्रकालीको रक्तदानमा १५३ यूनिट

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७७
blood

पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको साताव्यापी रक्तदान कार्यक्रममा १ सय ५३ युनिट रगत संकलन भएको छ । अन्तिम दिन सोमबार वीपीचोकमा १३ युनिट रगत संकलन भयो ।

रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएपछि क्लबले सो अभियान थालेको क्लब पूर्व अध्यक्ष भरत कोइरालाले जानकारी दिए ।

क्लब निर्देशक समरबहादुर परियार समीरको संयोजकत्वमा भएको अन्तिम दिनको कार्यक्रममा रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको हो ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी वानका ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, क्लस्टर प्रमुख ऋषि गिरी, रिजन चियरपर्सन वसन्तराज सिग्देल र क्लब अध्यक्ष संयुक्त धाख्वाले पहिलो रक्तदाता रुवी रञ्जितलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा शर्माले भद्रकालीले थालेको अभियानले अहिले पोखरामा रगत अभाव हुन छाडेको बताए । अहिले अन्य क्लब र संघसंस्थाले पनि आकस्मिक रुपमा रक्तदान कार्यक्रम राखेपछि रक्तसञ्चार केन्द्रलाई पनि अहिले भ्याइनभ्याइ हुन थालेको उनको भनाइ थियो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले केही दिन एबी पोजेटिभ समूहको रगत अभाव हुँदा अप्रेसन नै रोक्नुपरेको बताए । अहिले भने अवस्था सामान्य हुँदै गएको बताए ।

पहिलो दिन २५ युनिट रगत संकलन भएकोमा दोस्रो दिन ग्रिन डेभलपमेन्टसँगको सहकार्यमा सभागृहचोकमा १३, तेस्रो दिन समाधान दैनिकको सहआयोजना नयाँबजारमा २४, चौथो दिन नदीपुरमा २०, पाँचौ दिन बाटुलेचौरमा ३३, छैटौं दिन एनवाइसी क्लब सहकार्यमा २५ यूनिट रगत संकलन भएको क्लब सचिव धनेन्द्र गुरुङले जानकारी दिए ।

समापनमा लायन्सका डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले सय युनिटभन्दा बढी रगत संकलन गरेकोमा क्लब अध्यक्ष धाख्वालाई प्रोत्साहनस्वरुप ५ हजार रुपैयाँ प्रदान गरे ।

अध्यक्ष धाख्वाले उक्त रकम क्लबले सामाजिक काममै खर्चिने प्रतिबद्धता जनाउँदै आफ्नो कार्यकालमा २ सय युनिट रगत संकलन गर्ने बताए ।

यसअघि कास्कीमा निषेधाज्ञाले नियमित कार्यक्रम रोकिएपछि पोखरामा रगतको अभाव भएको थियो । लायन्स भद्रकालीले लगातार रक्तदान कार्यक्रम गरेपछि रक्तदान कार्यक्रमको लहर चलेको थियो ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग