पत्रकारमाथि दुव्यर्वहारको निन्दा

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
suman dhungana

पोखरा । एभिन्यूज टेलिभिजन पोखरा व्यूरो प्रमुख पत्रकार सुमन ढुंगानामाथि मंगलबार प्रहरीले दुव्यर्वहार गरेको छ ।

पोखरा बुद्धचोकमा ट्राफिक प्रहरीबाट भएको दुव्यर्वहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ ।

महासंघ कास्कीतर्फबाट सचिव रामप्रसाद तिमिल्सिनाले मंगलबार विज्ञप्ति जारी गरी पत्रकारलाई निरुत्साहित गर्नुले स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको भन्दै आगामी दिनमा यसप्रकारका घटना नदोहोर्‍याउन आग्रह गरिएको छ ।

पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले अपराधीलाई झैं केरकार गर्ने, कोरोना महामारीमा समेत अग्रपंक्तिमा खटिएका पत्रकारलाई दुरुत्साहित गर्न खोज्ने कार्यले आगामी दिनमा बन्द गर्न समेत चेतावनी दिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width