कास्की र तनहुँमा संक्रमित संख्या एउटै : २१३

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०७७
Coronavirus_green

पोखरा, ३२ साउन । गण्डकी प्रदेशमा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये पोखराका ५ जना छन् ।

पोखरा वडा ५ मा ३३ वर्षीया महिला, वडा १६ मा २२ र ३० वर्षीय पुरुषमा कोरोना देखा परेको छ । यस्तै वडा १६ कै २२ वर्षीया र ५० वर्षीया महिलामा पनि संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान विज्ञप्तिमार्फत जनाएको हो ।

कास्कीमा यो सहित कुल संक्रमितको संख्या २ सय १३ पुगेको छ ।

उता, तनहुँको भानु नगरपालिका वडा ४ मा ३० वर्षीय पुरुष पनि संक्रमित बनेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । तनहुँमा योसहित कुल संक्रमित संख्या २ सय १३ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

शनिबारसम्म कास्कीमा २ सय ८ जना र तनहुँमा २ सय १२ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकोमा गएको २४ घण्टाको नमुना परीक्षणपछि कास्कीमा ५ र तनहुँमा १ थपिदा समान संक्रमित संख्या हुन गएको हो ।

कास्कीमा हालसम्म १ सय ४५ र तनहुँमा १ सय ८० जना निको भइसकेका छन् ।

कुल १ हजार ७ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेशमा हालसम्म कुल १ हजार ७ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या १ सय ८३ जना रहेका छन् ।

कुल संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । १ हजार ४ सय ९३ जनामा निको भएका छन् । समुदायस्तरमा समेत कोरोना संक्रमित देखा पर्न थालेपछि प्रदेशमा स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ ।

सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ३ सय ३४ जना संक्रमित छन् । दोस्रोमा स्याङ्जा २ सय ९९ र बागलुङमा २ सय ६७ जना छन् । बाँकी जिल्लामा २ सय भन्दा कम संक्रमित छन् । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ, मनाङ र म्याग्दीमा हाल सक्रिय संक्रमित छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width