रजत जयन्तीको अवसरमा ४६ युनिट रगत संकलन

विनिता सुनार
श्रावण ३१, २०७७
yuba sang blood donation

पोखरा, ३१ साउन । युवा बौद्ध संघले रजत जयन्तिको पावन अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

महेन्द्रपुलमा आयोजना भएको उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी कास्की, रक्तसञ्चार केन्द्रले संयुक्त रूपमा सहयोग गरेको थियो।

इच्छाशक्ति अटोमोवाइल प्रा.लि.को मुख्य प्रयोजन रहेको रक्तदान कार्यक्रमबाट ४६ युनिट रगत संकलन भएको छ । अहिलेको यस्तो विषम परिस्थितिमा रगतको महत्त्वलाई बुझी इच्छामान बुद्धाचार्यले कार्यक्रममा थप रु ५० हजार रुपैयाँ युवा बौद्ध संघलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रम प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष श्री उत्तममान बुद्धाचार्यद्धारा बुद्ध मुर्तिको अगाडी घेरुवामा दिप प्रज्ज्वलन र बलड ब्याग रक्तदातालाई हस्तान्तरण गरी कार्यक्रमको शुरुवात भएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्की, रक्तसंचार केन्द्रका प्रतिनिधि श्री महेन्द्र के.सी. ज्यूले रक्तदानको महत्व र अहिले कोभिड–१९ को महामारीको अवस्थामा रगतको अभावको बारेमा प्रकाश पारेका थिए।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि यस संघका संस्थापक अध्यक्ष श्री उत्तममान बुद्धाचार्यले गरेका थिए भने सभापतित्व संघका अध्यक्ष श्री सुदिप प्रधानाङ्गले गरेका थिए । यस कार्यक्रमका संयोजक संघका उपाध्यक्ष डा. विनिता बज्राचार्य थिइन भने सह–संयोजक संघका कार्यकालिन सदस्य श्री आनन्द बज्राचार्य र संघका सदस्य श्री सुमेधमान बुद्धाचार्य रहेका थिए।

कार्यक्रम स्थललाई (संघका सदस्यहरुले) सरसफाई गरी रक्तदान कार्यक्रमको अन्त्य भएको थियो।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवस अवसरमा…
  • मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । मेजर वीरसिंह गुरुङको १२२ औं जन्मजयन्ती मंगलबार पोखरामा मनाइएको छ । मेजर वीरसिंह स्मृति प्रतिष्ठानकोे ११ औं वार्षिक…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…

hero news full width