काठमाडाैं, ३१ साउन । नेपालमा थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
उनले भने, ‘गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरोना देखिएको छ, यससँगै कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको छ ।’
उनका अनुसार हालसम्म १७ हजार २ सय १ जना उपचारपछि निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको छ ।
प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरुमा समेत कोभिड–१९ सङ्क्रमण देखिएको र उनीहरुमाथि दुव्र्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुव्र्यवहार नगर्न सबैमा आग्रह गरे ।
हालसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० कोभिड–१९ बाट सङ्क्रमित छन् । यसको सङ्क्रमणबाट हालसम्म सात लाख ६३ हजार ३८७ जनाको मृत्यु भइसकेको छ । एक करोड ४१ लाख ५१ हजार ७६६ जना उपचारपछि निको भएर फर्किएका छन् ।
मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा सङ्क्रमितकोसङ्ख्या शून्य छन् ।
मृतक संख्या १०२ पुग्यो
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक गरी तीन जनाको मृत्यु भएको हो ।
यो सँगै मृतकको संख्या १ सय २ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१