श्रापित छाता ओढी-ओढी तीज मनाउँदै (श्रव्यदृश्य सामग्रीसहित)

असफल गौतम
श्रावण २३, २०७७
Capture

राजधानी बाहिर‌ बसेर अत्याधिक गीत रेकर्ड गराउने अब्बल‌ गीतकारको‌ रुपमा पहिचान बनाएका‌ प्रसिद्ध गीतकार सुमन श्रापितको‌ रचनाको तीजगीत छाता ओढी-ओढी बजारमा आएको‌ छ ।

गीतमा मेलिना राई र जीवन परियारले आवाज दिएका छन भने संगीत जीवन परियारको‌‌ रहेको छ ।

दुई दशकदेखि पोखरामा रहेर गीत संगीतमा क्रियाशील श्रापितका आधुनिक, लोक, लोक‌पप, चलचित्र, भजन, र विभिन्न चाड बिशेष साँस्कृतिक गरी झण्डै दुई सय गीत रेकर्ड भएका छन् ।  श्रापितका तीज गीतहरुमा सब्य र शालिनता पाइने भएकाले उनी शालिन गीतकारका रुपमा पनि‌ चिनिएका छन् । उनका प्रायः गीतहरुमा संगीतकार बीबी अनुरागीको संगीत रहेका छन् ।

अन्जु‌ पन्त र स्वरुपा रसाइलीको‌ आवाजमा रहेको यसपालीको तीज आहा कत्ति‌ रमाइलो, सुनिता दुलालको‌ आवाजमा रहेको‌ सधैं तीजमा व्रत बस्छु, देबिका बन्दनाको आवाजमा रहेको‌ फुरुक्कै परे बरिलै, तृतीया तिथिमा तीज, अर्गानिक तीज, हस्पिटल जिन्दावाद, माइतीको आँगन, गिनिज बुकमा नाम लेखौ, खद्दरको सारी, ओइ हेरन कस्ति भाकी छु, छमछम नाचम छमछम, आदि जस्ता दर्जनौं तीजका गीतका माध्यमबाट उनले नेपाली संस्कार र संस्कृति संरक्षणको अभियान चलाएका छन् ।

उनको तीजे गीतको छाता ओढी-ओढीको भिडियो निर्देशन दिपक कार्कीले गरेका छन् भने सागर बस्यालको छायांकन तथा सम्पादन रहेको छ । गीतमा राजेश सेती मगर र सुशिला पुन मगरको अभिनय देख्न‌‌ सकिन्छ ।

तीज नाच र गीतको‌ पर्व हो‌ तसर्थ जस्तै पानी ‌झरी‌ परे पनि‌ छाता ओढी-ओढी भएनि‌ नाचेर खुशीले तीज मनाउनु पर्छ भन्ने ‌यो गीतको‌ मूल‌ मर्म रहेको देखिन्छ ।

मर्मस्पर्शी गीत लेख्ने श्रापितलाई सोधिएको एक प्रश्नमा ‘आफूँलाई भाइरल हुन निकै डर लाग्ने बताउँदै जस्तोसुकै भाइरल हुने प्रतिस्पर्धा आए पनि आफूँले सँस्कृति झल्किने मौलिक तीज गीत लेख्न‌ नछोड्ने’ बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width