पोखराको निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग गरेको छ । निरमायाँमै कार्यरत प्रशान्तलाई लमजुङ पुगेर आर्थिक सहयोग गरिएको हो ।
लमजुङ जिल्लाको राइनास नगरपालिका ५ लोस्से गाउँमा साउन ५ गते गएको पहिरोका कारण प्रशान्तको घर पूर्ण रुपमा क्षति भएपछि उनको दुखमा साथ दिन दोहोरी साँझ पुगेको हो । दोहोरीका संचालक सँगै कर्मचारीले समेत आर्थिक सहयोग गरेको जानकारी गराइएको छ ।
दोहोरीका सञ्चालकहरु सीम गुरुङ, किसन घले, हिरा पुन, जिवन गुरुङ, इन्द्रा पुन र सुरेन्द्र गुरुङबाट एकमुष्ट नगद २५ हजार रुपैयाँ सञ्चालक मध्येका एक पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले पहिरोपीडित प्रशान्त तामाङलाई हस्तान्तरण गरे ।
यसैगरी दोहोरी साँझका कलाकारहरुको तर्फबाट नगद ५ हजार रुपैयाँ र कर्मचारी माया पुनबाट नगद दुई हजार रुपैयाँ प्राप्त रकम निरमायाँ दोहोरी साँझका कलाकार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष टेक क्षेत्रीले हस्तान्तरण गरे । प्रतिष्ठान कास्कीले समेत पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।
पहिरोका कारण मानविय क्षति नभएको तर भौतिक संरचना भने पूर्ण रुपमा क्षति भएको गायक प्रशान्त तामाङले जानकारी गराए ।
पहिरोपीडित परिवारलाई नगरपालिकाले सहयोगको आश्वासन दिएको छ भने राष्ट्रिय युवा संघ सुन्दर बजार एकाईबाट खाद्यन्न, तामाङ घेदुङ महिला संघबाट १५ हजार रुपैयाँ, लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशबाट १० हजार रुपैयाँ, प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङबाट व्यक्तिगत ५ हजार रुपैयाँ, लोकदोहोरी गीत प्रतिष्ठान लमजुङ लगायतका संस्था एंव व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१