पोखरा, २२ साउन । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिए।
निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब सङ्कलन गरिएको छ। तीमध्ये २४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ । गण्डकीमा बिहीबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ३६२ निको भएका छन् । पछिल्लो २४ घण्टामा ३१५ को कोरोना परीक्षण भएको छ भने हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यसैगरी क्वारेन्टिनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ छन् । प्रदेशमा हालसम्म भारतबाट १२ हजार २९१ र तेस्रो मुलुकबाट पाँच हजार १०४ जना आएको तथ्याङ्क छ । प्रदेशभर बिहीबार बिहानसम्म ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिने जिल्लामा कास्कीमा एक, पर्वतमा एक, गोरखामा छ र नवलपुरमा तीन सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका एक सङ्क्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष रहेका छन् ।
जनस्वास्थ्यको मापदण्डानुसार २०० जनाभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ । मन्त्रालयका अनुसार २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २०० जना सक्रिय कोरोना सङ्क्रमित नभएकाले जोरबिजोर लागू नहुने बताएका छन्।
Related News
सम्बन्धित समाचार
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१