शिक्षासेवी कायस्थको निधन

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७७
radheshyam kayestha photo

पोखरा, १५ साउन । पोखराका शिक्षासेवी प्राडा राधेश्याम कायस्थको निधन भएको छ । पोखरा नयाँबजारस्थित चरक मेमोरियल अस्पतालमा बिहीबार बिहान ४ बजे उनकोे निधन भएको हो । उनी ७८ वर्षका थिए । लामो समयदेखि दम रोगबाट पीडित उनी ५ दिनअघि अस्पताल भर्ना भएका थिए ।

पोखरा नदीपुरस्थित न्यू ग्यालेक्सी माविका संस्थापक र प्रमुख संरक्षक स्व. कायस्थ पोखराको पुरानो शिक्षासेवी रुपमा चिनिन्छन् । उनले जीवशास्त्रमा विद्यावारिधि गरेका थिए । पोखराको शैक्षिक विकासमा उनले महत्वपूर्ण योगदान दिएको न्यू ग्यालेक्सी माविका सहायक प्रिन्सिपल राजेश भण्डारीले बताए ।

उनी पृथ्वीनारायण क्याम्पसमा सहायक क्याम्पस प्रमुख, विज्ञान संकायका डीन हुनुका साथै माउण्ट अन्नपूर्ण क्याम्पस, फूलबारीमा पूर्व क्याम्पस प्रमुख भइ सेवा गरेका थिए । साथै पोखरा विश्वविद्यालयको सिनेटर सदस्य थिए ।

जापानको री कियु युनिभर्टिनीको भिजिटिङ साइन्टिष्ट थिए । परिवारमा उनका श्रीमती लक्ष्मीमाया कायस्थ, छोराहरु सञ्जीव कायस्थ, राजु कायस्थ, छोरी प्रतिभा श्रेष्ठ एवं नातिनातिना छन् ।

स्व. कायस्थको बिहीबार नै पोखरा सेती नदी किनार तुल्सीघाटमा अत्येष्टि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width