सेती नहरले बगाउँदा गुरुङको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७७
Corona-deaths

पोखरा, ९ साउन । पोखरा–१२ ढिकालेथर निवासी ८० वर्षीय तेजबहादुर गुरुङको सेती नहरले बगाएर मृत्यु भएको छ ।

शुक्रवार विहान ७.३० बजे घरबाट निस्केका गुरुङको शब ढेड किलोमीटर तल पोखरा–१३ को दुई कुलाको मुहानमा बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।उनको चश्मा, टोपी, चप्पल र फोटो सेती नहर उनी खसेको स्थानमा भेटिएको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै गोरखा चुमनुब्री गाउँपालिका–३ निवासी ७६ वर्षीय कान्छा गुरुङको खोलाले बगाएर बेपत्ता भएका छन् । तिसेङ खोलाले विहीबार राति अस्थायी गोठमा बसेका गुरुङलाई गोठ सहित बगाएर बेपत्ता पारेको हो । उनको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी गोरखाकै शहिद लखन गाउँपालिका–हटिया निवासी ७२ वर्षीया कृष्णकुमारी आले आफ्नै बारीमा मृत फेला परेकी छन् । बिहीबार बिहान खेतमा जान्छु भनेर हिडेकी आले राति ८.३० बजेसम्म नफर्केपछि घरपरिबारले प्रहरीलाई खबर गरेको र प्रहरी सहित उनको खोजिगर्दा उनी आफ्नै बारीमा मृत भेटिएको जानकारी प्रहरीले दिएको छ । उनको बारी घरदेखि २ किलोमीटर पर थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका–१ ठाँटी भङ्ज्याङको कच्चि सडकमा ट्याक्टरले ठक्कर दिँदा ७६ वर्षीया कृष्णा रेग्मीको मृत्यु भएको छ । लु.३ त. ४२०१ नं को ट्याक्टरले सोही गाउँपालिका–१निवासी रेग्मीलाई ठक्कर दिएको हो । रेग्मीलाई मिशन अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width