स्याङ्जामा कुटपिट गरी हत्या

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७७
death

पाेखरा, ३ साउन । एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा स्याङ्जामा २ जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा ३ का १८ वर्षीय पूर्णबहादुर खड्का र २१ वर्षीय अन्तिल ज्ञामी छन् ।

उनीहरुले शुक्रबार राति ११ बजे स्थानीय ४५ वर्षीय कुलबहादुर सार्कीलाई कुटपिट गरी हत्या गरी चन्द्रबहादुर सोतीको खाली घरमा लगी शव फालेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
खड्का र ज्ञामीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शनिबार सवा ५ बजे नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार तीनै जनाले रक्सी खाएको र सोक्रममा एक्कासी आवेगमा आई उनीहरुले कुटपिट गरी सार्कीको हत्या गरेको खुलेको छ ।
हत्याकाण्डबारे थप अनुसन्धान जारी रहेको डीएसपी अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width