पोखरा, १ साउन । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ को गण्डकी प्रदेशको लेखा परीक्षण प्रतिवेदन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पेश गरेको छ ।
बुधबार महालेखापरीक्षक टंकमणि शर्माले गण्डकी प्रदेश प्रमुख शेरचनलाई विद्युतीय माध्यमबाट प्रदेश लेखा परीक्षण प्रतिवेदन पेश गरेका हुन् । विद्युतीय माध्यमबाट प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले आर्थिक पारदर्शीता र सुशासन कायम गर्न प्रतिवेदन महत्वपूर्ण भएको बताए ।
देशको आर्थिक कारोबार प्रणालीलाई जस्ताको तस्तै उजागर गरेर चुस्त दुरुस्त राख्न लेखा परीक्षण प्रतिवेदनले सघाउ पुग्ने उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले देशको समृद्धिका लागि आर्थिक सुशासन अति आवश्यक रहेको धारणा राखे । बेरुजुको समस्या दीर्घकालीन रोगजस्तो बनेको बताउँदै उनले बेरुजुको निदानका लागि महालेखापरीक्षकको कार्यालयले अचुक उपाय सुझाउनुपर्नेमा जोड दिए ।
प्रतिवेदन पेश गर्दै महालेखापरीक्षक शर्माले कोरोना भाइरसको महामारी र लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर प्रतिवेदन हस्तान्तरण गर्न नपाएको बताए । सो अवसरमा प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाको समेत उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१