पोखरा, ३१ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका हुन् । योसहित कुल संक्रमित सख्या १ हजार २ सय २८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा थपिएका २५ संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १ १ , म्याग्दीका ९, तनहुँका ३, कास्की र गोरखाका १–१ जना रहेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीका २ जना, बुलिङटारका ९ जना छन् । तीमध्ये बुलिङटारकी ३२ वर्षीया महिला पनि संक्रमित भएकी हुन् । अरु सबै पुरुष छन् ।
यस्तै, म्याग्दीको मालिकाका ४ जना, बेनीका ३ जना, रघुजंगा र मंगलाका १–१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
तनहुँको भीमादका २ जना र आबुखैरेनीका १ जना पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
यस्तै, कास्कीको पोखरा महानगरपालिकाका ३६ वर्षीय पुरुष र गोरखाको गोरख नगरपालिकाका ४२ वर्षीय पुरुष पनि संक्रमित भएका हुन् ।
गण्डकीमा कोरोना संक्रमितको दर पछिल्लो समय घट्दो छ । त्यसो त निको हुने पनि ९ सय २५ पुगिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१