पोखरा, २९ असार । तनहुँको विभिन्न स्थानमा गएराति पहिरोमा परी १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् ।
व्यास नगरपालिका वडा ९, माझफाँटमा २ घर, ऋसिङ गाउँपालिका वडा ८ पट्याङमा १ घर र म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा १ घर गरी ४ घर पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति हुन गएको हो ।
अविरल वर्षापछि आइतवार राति माझफाँटका ५० वर्षीय केशवबहादुर थापाको घर पहिरोमा पुरिँदा परिवारका ३ सदस्यको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् ।
पहिरोमा परी केशवबहादुरकी ४० वर्षीया श्रीमती कमला थापा, २४ वर्षीय छोरा मनोज थापा, २२ वर्षीया छोरी अञ्जना थापाको मृत्यु भएको हो । पहिरोमा उनका २० वर्षीय छोरा राजेश थापा बेपत्ता छन् । बेपत्ताको बिहानैदेखि खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । पहिरोमा घाइते केशव थापाको पोखरामा उपचार भइरहेको छ ।
उता, ऋसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा छोराबुहारी र नातिनी गरी ५ जनाको मृत्यु भएको छ । उनकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् ।
राति साढे १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा थापा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो ।
अनबहादुरका २ घरमध्ये श्रीमती ज्योतिमायासँग छुट्टै अर्को घरमा सुतेका थिए । पहिरोमा परी ज्योतिमाया घाइते छिन् । उनको भीमादमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा ल्याइएको छ । यस्तै, अर्को घरमा सुतेका अनबहादुरका दुई छोराबुहारी तथा नातिनी भने पहिरोमा एकै चिहान भएका हुन् ।
पहिरोमा बेपत्ताको उद्धारमा कठिनाइ भएपछि जेसीबी नै प्रयोग गर्ने भनिएपनि बाटोमा पहिरोको कारण कठिनाइ भएको प्रहरीले जनाएको छ । गएराति भएको सो घटनामा प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली सोमबार साँझसम्म उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले बताए ।
यस्तै, जिल्लाको म्याग्दे गाउँपालिकामा पनि घर पहिरोमा पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ । राति पौने १ बजे गएको पहिरोबाट घाइते भएकी लक्ष्मीलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको हो ।
उता, माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पहिरोमा पुरिएर मृत्यु भएको छ । पहिरोमा परेर व्यास नगरपालिका वडा ११, ओढारेका अन्दाजी ४५ वर्षीय पदमबहादुर भुजेल पहिरोमा बेपत्ता भएका छन् । पहिरोमा घाइते व्यास ९ की २६ वर्षीया झनुमाया कुँवरको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१