मुम्बई, २८ असार । भारतीय सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चन र उनका छोरासमेत रहेका कलाकार अभिषेक बच्चनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
उनीहरु दुबैजनाले आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराएका छन् । उनीहरु नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसक्नुभएको सन्देशमा उल्लेख छ । उनीहरुलाई सङ्क्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।
संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गर्दै भने “७७–वर्षीय अमिताब र छोरा अभिषेकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र दुबै जनालाई अस्पताल भर्ना गरिएको साथै उनीहरुको परिवारका अन्य सदस्य तथा कर्मचारीहरूको परीक्षणका लागि नमूना पठाइएको छ भने उनीहरूको नतिजा आइसकेको छैन ।”
भारतको बढी प्रभावितमध्ये एक राज्य महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कूल ९१ हजार ४५७ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएकोमा अझै २२ हजार ७७९ व्यक्तिले विभिन्न स्थानमा उपचार सेवा लिइरहेका छन् भने आइतबारसम्म पाँच हजार २४१ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक र ट्वीटरलागयतका सामाजिक सञ्जालहरूमा उनीहरुको स्वास्थ्यलाभको कामनाका सन्देशहरूले भरिएका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१