पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा साइबर क्राइम र लागुपदार्थ दुव्र्यसनी सम्वन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई मध्यनजर गरेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक गंगा के.सी.ले जानकारी दिइन् ।
विशेषगरी यसै समूहका केटा केटी दुव्र्यसनमा फस्ने र विभिन्न अपराधमा संलग्न हुने सम्भावना धेरै हुने हुँदा यस समुहलार्ई लक्षित गरी कार्यक्रम गरिएको क्लबका अध्यक्ष आरती अधिकारीले बताइन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले यस्ता कार्यक्रमले युवालाई सजग र सचेत बनाउने बताए । कार्यक्रमा प्रहरी निरीक्षक विजय भण्डारीले साइबर क्राइम र प्रहरी नायव निरीक्षक होतबहादुर रोकाले लागुपदार्थ दुव्र्यसनी विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रमा विशेष अतिथि लायन्स इन्टरनेशनल ३२५ बि १ का को–चिफ एडभाइजर बिनोद ढुङ्गानाले क्लबले धेरै राम्रा काम गरेको र आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । सहभागीका तर्फबाट बोल्दै सुवर्ण गिरीले कार्यक्रम निकै फलदायी रहेको बताए । कोचिफ एडभाइजर तथा लायन वर्ष २०१९/२०२० का क्याबिनेट सेक्रेटरी बिनोद ढुङ्गानालाई क्लबका संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ रोजी लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा क्लष्टर नं ३० का चीफ सूर्यनारायण बराल, रिजन चियरपर्सन गणेश ढुङ्गाना, जोन चियरपर्सन सुरेन्द्र पौडेल, डिष्ट्रिक्ट चियरपर्सन विकास भुर्तेल, मिड टाउनका अध्यक्ष विश्वास भण्डारी, सचिव लेख बहादुर के.सी., स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी शर्मा लगायत सहभागी थिए । कार्यक्रमलाई सफल पार्न सीतलनगर आमा समूहको समेत सहयोग रहेको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१