पोखरा, असार २० । पोखरा महानगरपालिका वडा ९, नयाँबजारमा शनिबार दिउँसो दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भएको छ । आगलागीले दुवै मोटरसाइकल जलेर नष्ट भएका छन् ।
ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको मोटरसाइकल दिउँसो ३ बजेर २५ मिनेटमा नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्प नजिकै आपसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किए लगत्तै एक्कासी आगो लागेको र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश हमालले जानकारी दिए ।
मोटरसाइकलमा एक्कासी आगो लागेपछि स्थानीयले पानीले निभाउने प्रयास गरे पनि सो व्यर्थ भएको थियो ।
उनका अनुसार दुवै मोटरसाइकल २–२ जना सवार थिए । उनीहरुको हातमा सामान्य चोटपटक लागेको र उपचारार्थ गण्डकी मेडिकल कलेजमा लगिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१