दमौली, १८ असार । तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ । कूल रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले गत जेठ मसान्तसम्म लक्ष्यभन्दां करीब रु छ करोड कम राजश्व सङ्कलन गरेको हो ।
जेठ मसान्तसम्म रु १० करोड १९ लाख २६ हजार ९८८ मात्रै राजश्व सङ्कलन भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । कोरोना कहर र चैत दोस्रो सातादेखि बन्दाबन्दी भएपछि राजश्व सङ्कलन गर्ने लक्ष्य प्रभावित भएको न्यौपानेले बताए ।
नगरपालिकाले चालू आवका लागि रु १४ करोड ८५ लाख आन्तरिक आम्दानी हुने अनुमान गरे पनि संशोधन गरेर रु १६ करोड ६ लाख ६९ हजार पु¥याएको थियो । स्थानीय करबाट रु आठ करोड ६३ लाख ३० हजार आम्दानी हुने अनुमान गरिएका रु पाँच करोड दुई लाख ४० हजार ९०, शुल्कबाट रु एक करोड ८३ लाख ९० हजार आम्दानी हुने अनुमान गरिएकामा रु एक करोड ६७ लाख सात हजार ५३१, दस्तुरबाट रु तीन करोड २८ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएका रु दुई करोड ९ लाख ३५ हजार ३१४, दण्ड जरिवानाबाट रु दुई लाख आम्दानी हुने अनुमान गरिएकामा रु एक लाख ८३ हजार ६८२ र अन्यबाट रु दुई करोड २८ लाख ९६ हजार आम्दानी हुने अनुमान गरिएका रु एक करोड ३८ लाख ६० हजार ३७० मात्रै आम्दानी भएको नगरपालिकाले जनाएको छ ।
आगामी आवको लक्ष्य रु १६ करोड
नगरपालिकाले आगामी आव २०७७/७८ का लागि रु १६ करोडको आन्तरिक आम्दानी लक्ष्य राखेको छ । नगरपालिकाका उपप्रमुख मीरा जोशीले नगर क्षेत्रभित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकतम परिचालन गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञापन, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्शा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्डजरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशिनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
नगरपालिकाले गत आव २०७५/७६ मा रु १४ करोड ४९ लाख ९३ हजार ७५ आन्तरिक आम्दानी गरेको छ । सोमध्ये स्थानीय करबाट रु आठ करोड ५० लाख २४ हजार १११, शुल्कबाट रु ५८ लाख ८३ हजार २९७, दस्तुरबाट रु दुई करोड ७९ लाख ३० हजार ७२९, दण्डजरिवानाबाट रु आठ लाख ९२ हजार ३८ र अन्यबाट रु दुई करोड ५२ लाख ६२ हजार ८९८ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१