१. कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लामो समयदेखि लगाइएको लकडाउनका कारण सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । त्यसमा पनि छापा माध्यमहरु बढी मारमा परे । नेपालमा चैत्र ११ बाट लकडाउन भएसँगै धेरै पत्रपत्रिका स्थगित भए । केही लकडाउनको सुरुमै र केही एक डेढ महिना पछि रोकिए । केही अनलाईन र इ–पेपरमा सीमित रहे ।
२. प्रारम्भमा पत्रिकामा कार्यरत पत्रकार तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि प्रकाशन स्थगित गरिएको थियो । लकडाउन बढ्दै जाँदा आर्थिक संकट समेत बढ्यो । कतिपय प्रकाशनले तलब समेत दिन सकेका छैनन् । पत्रिकाको मुख्य आय श्रोतको रुपमा रहेको विज्ञापनबजार नै ध्वस्त भएपछि पत्रिका सञ्चालन हुन सक्ने अवस्था पनि रहेन । अन्य श्रोत नभएका सञ्चार गृह पत्रिकाकै आयका आधारमा मात्र पत्रिका धान्न नसक्ने भए ।
३. राजधानीबाट प्रकाशित केही ठूला पत्रिकाहरुले पनि आफ्ना सह प्रकाशनहरु बन्द गरेका छन् । प्रकाशित भईरहेकाले पनि पृष्ठ घटाई सानो साइजमा ल्याएका छन् । धेरैलाई न्यूनतम अंक पुर्याउन पनि धौ धौ परेको छ । कसैले प्रकाशनलाई नियमितता दिनै सकेका छैनन् । छापा पत्रकारितामा ठूलो संकट परेको छ । किनभने यो अरु सञ्चारमा माध्यम भन्दा बढी खर्चिलो पनि छ ।
४. सञ्चार क्षेत्रमा आएको यो संकटले यससँग आश्रित जनशक्ति पनि अन्यौलमा परेको छ । कम खर्चमा चलाउन बाध्यताले सेवा सुविधा कटौती आन्तरिक सम्झौता गरी सञ्चारलाई सहज बनाउने उपायको अबलम्बन गरिएको छ । प्रकाशनहरुले कर्मचारी कटौती गरिरहेका छन् । प्रकाशनको भविष्य नदेखेपछि कतिपय पलायन भएर विकल्प खोज्न तर्फ लाग्दैछन् । व्यवसाय दिगो राख्न ठूलो चुनौती खडा भएको छ ।
५. सञ्चार क्षेत्रलाई राज्यको चौथो अंग भनिन्छ । तर राज्यले त्यस अनुरुपको व्यवहार गरेको छैन । राज्यका अन्य तीन अंगले राज्यका सुविधा पाइरहँदा यस्तो संकटको वेला सञ्चार क्षेत्रलाई बचाउने कुनै ठोस राहत घोषणा गरेको छैन । सञ्चार क्षेत्र कमजोर भयो भने लोकतन्त्रको हालत के होला भन्ने बारे धेरैले ध्यान दिएको पाइदैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१