नेपाल भित्रियो सलह

आदर्श समाज सम्वाददाता
असार १४, २०७७
?kGb]xL, !# c;f/M a’6jndf zlgaf/ b]lvPsf] ;nx ls/f . t:jL/ M lg/f uf}td÷/f;;

?kGb]xL, !# c;f/M a’6jndf zlgaf/ b]lvPsf] ;nx ls/f . t:jL/ M lg/f uf}td÷/f;;

पोखरा । नेपालमा पनि अन्ततः सलह कीरा भित्रिएको छ । शनिबार बिहान नेपाल प्रवेश गरेको सलह बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देही, पाल्पा लगायत जिल्लामा देखिएको हो । यसअघि सरकारले नेपालमा सलह नभित्रिने दाबी गर्दैआएको थियो ।

शनिबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ ।

गण्डकी प्रदेशको छिमेकी जिल्ला रुपन्देहीमा शनिबार बिहानै ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ ।

बुटवल क्षेत्रमा ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए ।

बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौँ देखिएको सलह कीरा बुटवलदेखि उत्तरपश्चिमतर्फ लागेकोमा पाल्पासम्म आइपुगेको जनाइएको छ । पाल्पाको दोभान, सराई र पोखराथोक क्षेत्रमा शनिबार साँझ सलह देखिएको स्थानीयले बताएका छन् ।

आइतबारसम्म स्याङ्जा, अर्घाखाँची तथा गुल्मीतर्फ प्रवेश गर्ने कीट विज्ञको अनुमान छ । कास्कीमा सलह आएको भन्ने हल्ला भने निराधार रहेको बताइएको छ ।

यता, भूमि व्यवस्था मन्त्रालय प्रदेश ५ ले किसानले सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिलो २० का दरले नगद उपलब्ध गराइने निर्णयसमेत गरेको छ । सलह नियन्त्रण गर्न मालाथिन वा क्लोरपाइरिफोस नामका विषादी प्रतिलिटर २ एमएल राखेर छर्कन सकिने जनाइएको छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरेका छन् ।

नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तनले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरिएको छ । कृषि मन्त्रालयले जेठ १३ मा यसको अध्ययनको लागि प्राविधिक कार्यदल गठन गरेकोमा कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

सलहले एक दिनमा आफ्नो तौल बराबरको हरियो बाली खाएर नोक्सान गर्छ । ठूलो सङ्ख्यामा आएको सलह कीरा बालीनालीमा बस्यो भने एकै रातमा पूरै सखाप पार्ने हुँदा किसान चिन्तित बनेका छन् ।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् ।

यसअघि सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width