पोखरा, १३ असार । पाल्पा जिल्ला ढाका र करुवा लागि देशभर चर्चित छ । जिल्लामा निर्मित ती सामग्री कोसेलीकै रुपमा पनि ठाउँठाउँमा पुग्ने गरेका छन्।
पाल्पा जन्मेर पर्यटकीय नगरी पोखरा बसोबास गर्नेहरु मिलेर खाेलेकाे संस्था पाल्पाली समाज पोखराले यहाँ ती सामान बिक्रीको प्रबन्ध मिलाएको छ । त्यस्तै, समाजकै पहलमा खोलिएको पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिकोत्सव अवसरमा शनिबार पाल्पाली उत्पादन बिक्री कक्ष शुभारम्भ गरियो । सो कक्ष उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले गरेका हुन्।
हातले बुनेका ढाकाको पछ्यौरा, टोपी, झोला, पर्स, करुवा लगायत सामान पोखरा–९, नयाँबजारस्थित सहकारी कार्यालयको कक्षमा सूपथ मूल्यमा बिक्री सुरु गरिएको सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए । सो कार्यबाट पाल्पा–पोखरामात्र नभई प्रदेश ५ र गण्डकी प्रदेशबीच भाइचारा सम्बन्ध विकास हुने र आयआर्जनमा वृद्धि हुने उनको विश्वास छ । बहुउद्देश्यीय सहकारीले पुँजीको ७० प्रतिशत उत्पादन वा आयमूलक क्षेत्रमा लगानी गर्नुपर्ने नियम रहेकोले सहकारीले पहिलो पटक यस्तो प्रयास गरेको अध्यक्ष श्रेष्ठले बताए । बजार मूल्यभन्दा सहकारीमा गुणस्तरीय र सूपथ मूल्यमै पाल्पा चिनाउने सामग्री खरिद गर्न सक्ने छन्।
प्रमुख अतिथि तानसेनका मेयर अशोककुमार शाहीले यसखालको कार्यले पाल्पाको थप चिनारी फैलिने तथा आयआर्जनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
केही सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरीत चलेको पाइएकोमा पाल्पाली सहकारी भने सबैलाई एउटै मालामा उन्ने काम गरेको भन्दै अझ सफलताको कामना गरे । उनले कोरोना भाइरस महामारीबीच यसखालका कार्यले सानै भए पनि आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत मिल्ने बताए । अब कोरोनासँगै दैनिक क्रियाकलाप अघि बढाउनुपर्ने अवस्था देखिएको भन्दै उनले एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने भावना विकास हुनुपर्ने बताए।
पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले जनताको आशा र भरोसा भनेकै सहकारी बन्दै गएको दाबी गरे । उनले पोखरा महानगरभर हाल ३ सय ५७ सहकारी रहेको जानकारीसमेत दिए । देशमा कोरोना संक्रमण देखिनुअघि २० सहकारी अनुगमन सम्पन्न गरिएकोमा पुनः अनुगमनलाई तीव्रता दिइने उल्लेख गरे।
पाल्पाली सहकारीकाे कार्यक्षेत्र हाल पोखरा ८, ९ र ११ मात्र रहेको छ । २ वर्षको कार्यकाल पूरा गरेपछि १० वटा वडासम्म विस्तार गर्न सकिने अधिकारीले जानकारी दिए।
पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले समाजले पाल्पा–पोखराबीच सेतुको काम गरेको बताए । यसअघि समाले तानसेनसम्म पर्यटक बस चलाउनुका साथै पोखरामा पाल्पा चिनाउने डिजिटल बोर्ड स्थापना गरेको जानकारी दिए।
सहकारीमा हाल ३ सय बढी शेयर सदस्य रहेको सचिव रेशम रचकले बताए । ८ बजे तय भएको कार्यक्रम पाल्पादेखि मेयर आउन ढिला हुँदा सहभागी साढे २ घण्टासम्म कुरेरै बसेका थिए।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१