पोखरा, १२ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले पोखरामा रहेका विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ ।
पोखराका फुटपाथ तथा डोकोमा बोकेर फलफूल, तरकारी व्यापार गर्ने १९ महिलाको बिहीबार सामूहिक कोरोना बीमा गरेको हो । टेवान र बीमा कम्पनी एनएलजी इन्स्योरेन्सबीच बिहीबार सम्झौता भएको छ । कम्पनीका प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बीमा लागु हुने छ ।
आगामी चैतसम्म पीसीआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले एक लाख रुपैयाँ पाउनेछन् । ‘सडकमा व्यापार गर्नेहरुमा कोरोनोका संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘कमाएर परिवार पाल्नेको बीमा गर्दा पछि बिरामी भइहाले त्यसवापत पाउने रकमले धेरै सहयोग पुग्छ ।’टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले कोभिड–१९ को महामारीको सन्दर्भमा सामाजिक उत्तरदायित्व अनुरुप विपन्न महिलाको कोरोना बीमा गरेको बताइन् । ‘संक्रमणको उच्च जोखिममा रहेका फुटपाथ पसले महिलाको बीमासम्म पहुँच पनि हुँदैन,’ उनले भनिन्, ‘उनीहरुको आर्थिक अवस्था समेत कमजोर भएकोले हामीले बीमा गरिदिएका हौं ।’
उपाध्यक्ष रेनु थापाले खाद्यान्न लगायत राहत सामग्री धेरैले वितरण गरेकाले केही फरक काम गर्ने उद्देश्यका साथ कोरोना बीमाको योजना अगाडि सारेको बताइन् । ‘ उनीहरुमा कसरी सुरक्षित हुने भन्ने थाहा पनि छैन । हामीलाई दैनिक तरकारी, फलफूल खुवाइरहनुभएको छ,’ उनले भनिन्, ‘हामी जुम मिटिङमा जुटेर कोरोना बीमा गरिदिने निर्णय गर्यौं ।’ टेवानकी महासचिव कमला गिरीले सडकमा डोको बोकेर व्यापार गरिरहेका महिलाको जोखिम न्यूनीकरणमा कोरोना बीमाले मद्दत पुग्ने बताइन् । ‘उहाँहरुलाई हेर्दा बीमा गर्न नसक्ने अवस्थाको पायौं,’ उनले भनिन्, ‘कोरोना लागिहाले पनि केही न केही मल्हम लगाउने काम हुन्छ ।’
पोखरा–६ का वडाध्यक्ष जगत पहारीले टेवानले फरक सोच राखेर काम गरेको बताए । महामारीको बेलामा सबैले एकआपसमा सहयोग आदानप्रदान गर्नुपर्ने उनको भनाइ थियो । टेवानकी सचिव शोभा न्यौपाने पाण्डे र कोषाध्यक्ष प्रभा सुवेदीले आगामी दिनमा संस्थाले अन्य क्षेत्रमा पनि सहयोग गर्ने उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१