मौषम उपयुक्त भएपछि मकै खेती फस्टायो

आदर्श समाज सम्वाददाता
असार १२, २०७७
makai (1) (1)

बागलुङ, १२ असार । यस वर्ष मौसमले साथ दिएपछि बागलुङ जिल्लामा मकै उत्पादन वढेको छ ।

नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको मकैको उत्पादन यो वर्ष राम्रो भएपछि कृषकहरू हर्षित छन् । बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले लगायत जिल्लाका अधिकांश भागमा यस वर्ष समयमा पानी परेको कारण गतवर्षको भन्दा मकै उत्पादन धेरै भएको कृषकको भनाइ छ । दिनहुँजसो पानी परेपछि यतिबेला खेती किसानी गर्ने कृषकलाई काम गर्न भ्याइनभ्याई भएको छ ।

कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि देशमा बन्दाबन्दी भएपछि कोरोनाको कारणले गाउँ गाउँमा फर्किएकाहरू समेत यस वर्ष कृषि कर्ममा लागेका कारणले पनि मकैको उत्पादन बृद्धि भएको बागलुङ नगरपालिका वडा नम्व्र ४ कुडुलेका नारायण सापकोटाले बताए । मकै खेती मानिसले खान तथा पशु आहाराको लागी दानाको रुपमा प्रयोग हुने भएकोले बजार माग अत्याधिक रहेको कृर्षक वताउन् । मध्य पहाडी क्षेत्रमा भिरालो जग्गा धेरे हुने भएकाले मकै खेती गर्ने गरिएको छ ।

पहाडी क्षेत्रमा विभिन्न जातका मकै ठूलो परिमाणममा खेती हुदै आएको छ । यस्तो खेती बढ्दा उत्पादन निरन्तर बढेको कृषि अधिकारीहरुको भनाइ छ । मकै खेती उत्पादन हुने ठाउँमा समयमै मल, बीउ र पानी पुगेकोले मकैको उत्पादन बढेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा निर्वाहमूखी रूपमा मकै खेती हुँदै आएकोमा सरकारले कृषि र कृषकलाई दिगो रूपमा टिकाउने खालको नीति ल्याउन सकेको खण्डमा अहिले भइरहेको परनिर्भरतालाई केही हदसम्म भएपनि कम गर्न सकिने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width