१. अहिले देशमा विदेशी महिलाले नेपाली पुरुषसँग विहे गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने विषयमा चर्काे बहस चलिरहेको छ । उक्त विषयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु वीच मात्र होइन विवाद सडक सम्म आइपुगेको छ । तराईका विभिन्न भागमा विरोध प्रदर्शनहरु समेत भएका छन् ।
२. प्रतिनिधिसभाको राज्य व्यवस्था तथा प्रशासन समितिले विदेशी महिलाले नेपाली पुरुषसँग नागरिकता लिन सक्ने प्रावधानको प्रस्ताव पारित गरेको छ । यसैगरि सातवर्षसम्म अंगीकृत महिलाहरुलाई आर्थिक, साँस्कृतिक र सामाजिक अधिकार प्राप्त गर्ने गरि स्थायी आवासीय परिचयपत्र दिने समेत समितिले निर्णय गरेको छ । सो प्रस्ताव पारित हुनु अघि नै सत्तारुढ नेकपाले सात वर्ष वैवाहिक अंगीकृत नागरिकता नदिने र पीआर परिचयपत्र दिने निर्णय गरेको थियो ।
३. यतिखेर नेपाली कांग्रेस र मधेश केन्द्रीत दलहरुले ७ वर्ष पछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरिरहेका छन् । मधेशी समुदायले त यसलाई प्रमुख मुद्दा नै बनाएको छ । छिमेक मुलुकी भारतमा धेरै वैवाहिक सम्बन्ध हुने गरेका कारणबाट वैवाहिक अंगीकृत नागरिकता पाउने म्याद कम हुनुपर्ने महसुश मधेश समुदायले गरेको हुन सक्छ । तथापी यो कुरा भारतका लागि मात्र नभै सवै विदेशी मुलुकका सम्बन्धमा आएको प्रस्ताव हो ।
४. वैवाहिक अंगीकृत नागरिकता पाउन भारतमा पनि सात वर्ष नै म्याद राखिएको छ भनेर त्यो अनुरुप हाम्रोमा पनि हुनुपर्छ भन्ने छैन । तथापी यसले ल्याउने परिणामका बारेमा गम्भीर भएर सोच्नुपर्दछ । व्यवहारिक र न्यायीक पनि हुनुपर्छ । यसबारे अरु मुलुकका कानून र अनुभव पनि आधार हुन सक्छन् । नागरिकता जस्तो महत्वपूर्ण विषयलाई कसैले सीमित प्रतिष्ठासँग नदाँजी, विरोध र समर्थनको कुरा नगरि संवेदनशील बनेर सबैको साझा र राष्ट्रियताको बारे महत्व राख्ने विषयका रुपमा ग्रहण गर्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१