स्पेनिस ला लिगाको उपाधि होड रोचक बन्दै, बार्सिलोना फेरि शीर्ष स्थानमा

आदर्श समाज सम्वाददाता
असार १०, २०७७
Ivan Rakitich

पोखरा । स्पेनिस ला लिगाको उपाधि होड रोचक बन्दैछ ।

लिगको ३० औं खेल खेल्दासम्म दुई महारथी बार्सिलोना र रियल मड्रिडको स्थान ‘हेड टु हेड’ को अवस्थामा थियो । लिगको ३१ खेलबाट बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । एथ्लेटिक क्लबलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

इभान ¥याकिटिचको निर्णायक गोल सँगै बार्सिलोनाले ३ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार राति सकिएको खेलको पहिलो हाफ गोलरहित अवस्थामा सकिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले अग्रता बनायो ।

खेलको ७१ औं मिनेटमा ¥याकिटिचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना विजयी बन्यो ।

जितसँगै, बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेको छ । आइतबार राति मात्रै बार्सिलोना शीर्ष स्थानबाट पछाडि परेको थियो । रियल मड्रिड रियल सोसिडाडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो । तर, २ दिन पनि बित्न नपाउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति मड्रिड मोल्र्लोकासँग भिड्दैछ । एक खेल कम खेलेको मड्रिड बार्सिलोनासँग ३ अंकले मात्रै पछाडि छ ।

Related News

सम्बन्धित समाचार

hero news full width