पोखरा, ८ असार। गण्डकी प्रदेशमा कुल संक्रमितको संख्यामा लफडा उत्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले पछिल्ला २ दिनमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार ३ जना संक्रमित हराएका छन्।
स्वास्थ्य निर्देशनालयले सोमबार बिहान ६ः३० मा जारी गरेको विज्ञप्तिअनुसार प्रदेशको स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका गरी कुल २० जना संक्रमित भेटिएका छन् । सो सहित कुल संक्रमित सख्या ५ सय ४३ पुग्नु पर्ने हो । जबकि आइतबार सम्म प्रदेशका ११ जिल्लामा गरी कुल संक्रमित ५ सय २३ पुगिसकेका थिए।
आइतबार दिउँसो १ः१५ मा जारी विज्ञप्तिअनुसार स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कास्की, बागलुङ र तनहुँमा भेटिएका १९ नयाँ संक्रमितसहित संक्रमित संख्या ५ सय २३ भनिएको थियो । सोमबार थप २० सहित कुल संक्रमित संख्या ५ सय ४० भनी जारी गरिएपछि लफडा उत्पन्न भएको हो।
यस सम्बन्धमा निर्देशनालयका स्वास्थ्य शिक्षा निर्देशक एवं फोकलपर्सन नवराज शर्माले प्रदेशमा कुल संक्रमित ५ सय २० मात्रै रहेको स्पष्ट पारे ।
उनले भने, ‘हिजो (आइतबार) को विज्ञप्तिमा मिस्टेक भएछ । नवलपरासीका (सुस्ता पश्चिम) का ३ संक्रमित जोडेर ५ सय २३ गरिएको रहेछ । हामीले सच्चाउँछौं। ’
प्रदेशमा कोरोना संक्रमित एक महिनायता ह्वात्तै बढेको हो । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा समेत कोरोना पुगेको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार भेटिएका भनिएका २० नयाँ संक्रमितमध्ये ६ वर्षीया बच्चा १ जना, ७ वर्षीय बच्चा ३ जना समेत छन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १० मध्ये ७ वर्षका ३ जना बच्चा भेटिएका हुन् । सोही पालिकामा वर्ष ३० का २ जना सहित १६, ३१ र ३८ का पुरुषसमेत छन् भने ६ वर्षीया बच्चा र ५० वर्षीया महिला छन्।
स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र ४८ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ।
यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाका ८ जनामध्ये वर्ष २१ का २ जना सहित वर्ष १८, १९, २०, २९, ४२ र ५० का पुरुष छन्।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१