काठमाण्डौ, ३ असार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ५८६ पुगेको छ । यो अहिलेसम्मकै उच्च वृद्धिदर हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५८६ जना संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।
यस अघि सबैभन्दा धेरै ४५१ जना रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।
देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ। कुल संक्रमितमध्ये पुरुष ६ हजार ६३८ र महिला ५३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५४६ जना पुरुष र ४० जना महिला छन्।
गौतमका अनुसार पछिल्लो पटक नेपालगन्जमा एकजनाको ज्यान गएको छ। यससँगै कोरोनाबाट नेपालमा मृतकको संख्या २० पुगेको छ। बुधबार सबैभन्दा धेरै १८३ जना कोरोना संक्रमित महोत्तरीमा भेटिएका छन्। पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमण निको हुनेको संख्या ९ रहेको छ। हालसम्म निको भएर फर्किनेको संख्या ११ सय ६७ रहेको छ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१