पोखरा, २ असार । पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
सहकारीले मंगलबार परेको आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेयले सहकारीका सदस्यसमेत रहेका पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई व्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।
कार्यक्रममा आकस्मिक रक्तदान युनिटका ब्यबस्थापक हरिश्चन्द्र शर्माले रगतको महत्वबारे प्रष्ट्याएका थिए । सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेले कोरोनाका कारण रगतको अभाव हुनसक्ने देखेर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले वार्षिकोत्सव विशेष कार्यक्रम गर्न नसकिएपनि सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।कार्यक्रम संयोजक डा.छममाया पुनले रगतको विकल्प रगत नै भएको बताउँदै अस्पतालमा जीवन र मरणको दोसाँधमा रहेका विरामीका लागि दिइने रगत जीवनदान सरह हुने बताइन् ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता तयारी पूरा
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१