ला लिगामा रियल मड्रिडले बार्सिलोनासँग अंक दूरी घटायो, एइबारमाथि रियलको सहज जित

आदर्श समाज सम्वाददाता
असार १, २०७७
Real Madrid vs Eibar, La Liga

पोखरा । स्पेनिस ला लिगा फुटबलको शीर्ष दोस्रो स्थानमा रहेको क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।

कोरोना संक्रमणका कारण स्थगित ला लिगा सुचारु भएको एइबारसँगको आफ्नो पहिलो खेलमा रियलले ३–१ गोलको नतिजा निकालेको हो ।

अल्फ्रेडो डी स्टेफानो मैदानमा आइतबार राति भएको खेलमा रियलले एइबारमाथि जित निकाल्दा टोनी क्रुस, सर्जियो रामोस र मार्सेलो चम्किए । उनीहरुले समान १÷गोल गर्न सफल बने । उता, एइबारका लागि पेड्रे बिगासले १ गोल फर्काए ।

रियलको ३ वटै गोल पहिलो हाफमा संभव भएको थियो । एइबारका तर्फबाट भने पेड्रेले खेलको दोस्रो हाफमा फर्काएका थिए ।

खेल सुरुवातीको चौंथो मिनेटमै क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो । त्यस्तै, ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनायो । त्यसपछि लगत्तै खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियलले ३–० ले अग्रता बनायो ।

दोस्रो हाफमा एइबारले १ गोल फर्कायो । खेलको ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ । बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोनाको ६१ अंक रहेको छ । पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै