पोखरा, ३१ जेठ । बन्दाबन्दीले समस्यामा परेका पोखरा महानगरका करिब १० वडाका तीन सय ५० विपन्न परिवारलाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ ।
पोखरा –९ स्थित प्रदर्शनी केन्द्रबाट अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल, तेल, नुन र सोयाविन गरेर तीन सय ५० परिवारलाई राहत वितरण गरेका हुन् । युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियान मार्फत राहत सङ्कलन गरेर वितरण गर्दै आएका हुन् ।
“बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाइरहेका छन्, काम गरेर खाने वातावरण बन्न सकेको छैन, असहज परिस्थितिमा सेवा नै धर्म हो भनेर राहत वितरणमा जुटेका हौँ ।” अभियानकर्मी माया गुरुङ (कान्छा) ले भनिन् । उनले राहतमा एक बोरा चामल नुन, तेल, सोयावीन लगायतका सामग्री वितरण गरेको जानकारी दिइन् । उनका अनुसार यो अभियानको राहत वितरणको अन्तिम कार्यक्रम हो ।
अभियानका अर्का सदस्य पार्वती गुरुङ (माहिला)ले रोगले भन्दा पनि भोकले मरिने समस्या देखिन थालेपछि अभियान मार्फत सहयोगमा जुटेको बताइन् । “अभियानलाई युके निवासी नेपाली दाजुभाई दिदीबहिनीबाट निरन्तर सहयोग भयो र लक्षित वर्गसम्म सहयोग पु¥याउन सफल भयौँ” उनले हालसम्म माइला कान्छा अभियानबाट करिब रू १८ लाख संकलित भएको र सो रकमबाट एक हजार बढी परिवारलाई राहत सामग्री कतिपय अवस्थामा नगद रकम समेत वितरण गरेको जानकारी दिए ।
शुक्रबारनै सोही स्थानबाट तमु प्ये ल्हु संघ युके आमा समुहका अध्यक्ष विष्णु गुरुङ संयोजकत्वमा संकलित एक लाख ४० हजार रकमबाट ७० जना विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत लिन आउन सक्नेलाई सोही स्थानबाट र लिन आउन नसक्नेलाई घर घर मै राहत पु¥याएको राहत वितरण कार्यक्रममा समन्वय गरिरहनु भएका काँग्रेस नेतृ सरस्वती गुरुङले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१