पोखरा, २९ जेठ । कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै सोप्रति जिम्मेवार बनाउन पोखरामा युवाले शान्तिपूर्ण धर्ना दिएका छन् ।
पोखराको राष्ट्र बैंकचोकदेखि शहीदचोकसम्म बिहीबार ११ देखि १२ बजेसम्म उनीहरुले ५ वटासम्म घेरा बनाएर विभिन्न नाराअंकित प्लेकार्डसहित मौन र शान्तिपूर्ण धर्ना दिएका हुन् ।
स्वतन्त्र पोखरेली युवाहरुको नाममा स्वतःस्फूर्त सहभागी युवाले ‘असुरक्षित क्वारेन्टाइन बन्द गर’, ‘प्रभावकारी स्वास्थ्यउपचारमा प्रत्येक नागरिकको अधिकार हो’, ‘हेलो-हेलो सरकारले आवाज सुन्दैन’ लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।
सहभागी एक सेलिजा श्रेष्ठले संविधानमा सबै नागरिकको समान अधिकार भनिए सरकारले स्वास्थ्य उपचारमा विभेद गरेको आरोप लगाइन् । उनले आरडीटी र पीसीआर चेकजाँचमा नागरिकलाई विभेद गर्न नहुने भन्दै सचेत गराइन् । देशका विभिन्न ठाउँमा क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो बरोबर सुनिएको भन्दै सरकारले नसके आफूहरुले निःशुल्क रुपमा सेवा दिन तयार रहेको बताइन् । कोभिड-१९का कारण सामाजिक दूरी कायम गर्दै धर्नामा करिब २ हजार जना युवाले सहभागिता जनाएका थिए । १ घण्टा धर्नापछि नाराबाजी गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१