पोखरा, २६ जेठ । कोरोना भाइरस संक्रमणका कारण आइतबार राति पोखरामा ज्यान गुमाएका स्याङ्जाका ५८ वर्षीय पुरुषको चर्को विरोधबीच अन्ततः अन्त्येष्टि गरिएको छ । मृत्युको झण्डै २० घण्टापछि मात्र नेपाली सेनाको टोलीले सेती नदी किनारमा शव गाडेको हो ।
कोभिड–१९ बाट मृत्युवरण गर्नेहरुको शव कहाँ–कसरी व्यवस्थापन गर्ने भन्नेबारे पूर्व तयारी हुन नसक्दा व्यवस्थापनमा चुनौती देखा परेको थियो ।
स्याङ्जा वालिङ वडा–३ घर भइ ४ दिनदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ती पुरुषको आइतबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।
नेपाली सेनाको शव व्यवस्थापन तालिमप्राप्त टोलीले पोखरा वडा ११ र २० मा पर्ने सेती किनार रिठ्ठाघाटमा खाल्डो खनेर सोमबार साँझ गाडेको हो ।
सोमबार बिहानैदेखि शव व्यवस्थापनको लागि विभिन्न ठाउँ खोजी गरिएकोमा स्थानीयको विरोधबीच समस्या उत्पन्न भएको थियो भने अस्पतालमै लामो समयसम्म शव राखिँदा अन्य बिरामी भयभित बनेका थिए ।
उनको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले गएराति नै सरोकारवाला पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई खबर गरेको बताए ।
शव उठाउन नेपाली सेनाको टोली दिउँसो २ पटकसम्म अस्पताल पुगेकोमा व्यवस्थापनको टुंगो नलाग्दा फर्किएको थियो
कोरोना संक्रमितको शव व्यवस्थापन समिति संयोजकसमेत रहेका कास्कीका प्रजिअ यज्ञप्रसाद ढकालले सोमबार बिहान हरियो खर्क अस्पताल नजिक गाडिने भने पनि स्थानीयको विरोधपछि खाल्डो खन्न गएको महानगरको जेसीबी पनि फर्किएको थियो । स्थानीयले शव गाड्दा संक्रमण फैलिन सक्ने भन्दै विरोध गरेका हुन् ।
पछि ठाउँ खोज्दै जाँदा सेती किनार रिठ्ठाघाटमा गाड्ने भनी खाल्डो खनि सक्दासमेत स्थानीयको विरोध गरेका थिए । सोक्रममा प्रहरीले भीड तितरबितर पार्ने क्रममा लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलासमेत सामान्य घाइते छन् । उनले भने, ‘प्रशासनले बल प्रयोग गरी जबर्जस्ती गरेको र आफूलाई पनि निर्धात कुटेको छ । यो कानूनी शासनको उपहास हो । ’
प्रहरीले वडा २० का ५ र वडा ११ का ३ गरी ८ जनालाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।
उता, शव उठाउन नेपाली सेनाको टोली दिउँसो २ पटकसम्म अस्पताल पुगेकोमा व्यवस्थापनको टुंगो नलाग्दा फर्किएको थियो ।
भारतबाट वालिङ फर्केका ती पुरुषलाई वालिङमा क्वारेन्टाइनमा राखिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्टै २२ जेठमा पोखरामा उपचारार्थ ल्याइएको थियो ।
सुरुवातमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसन बार्डमा राखिएकोमा २५ जेठमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएकोमा आइतबार राति निधन भएको हो । उनको उपचारक्रममा कोरोना पुष्टि नहुञ्जेलसम्म आमा र छोरी पनि प्रत्यक्ष सम्पर्कमा थिए ।
मृत्यु भएका ती पुरुषमा किड्नी, मधुमेहलगायत रोगबाट ग्रसित थिए । गण्डकीमा कोरोनाबाट मृत्यु हुने पहिलो घटना हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१