मुख्यमन्त्रीले गरे मानवसेवा आश्रम गण्डकीको भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७
sss

पोखरा, २५ जेठ । बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहीन सडकआश्रित मानवको सेवाकार्यका लागि मानवसेवा आश्रमको गण्डकी प्रदेश पोखरा शाखाको भवननिर्माण शिलान्यास सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका मुख्यमनत्री पृथ्वीसुब्बा गुरुङले आइतबारउक्त भवनको शिलान्यास गरेका हुन् । आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सेवामा अभिभावकत्व ग्रहण गर्न तयार रहेको सन्देश दिएका छन् । सेवामा यो वर्ष प्रदेश सरकारको तर्फबाट १ करोड २४ लाख छुट्याइएको जानकारी गुरुङले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width