शान्ति समाज कास्कीको २५औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
23167740_1455168804532700_4042643493884728896_n

पोखरा, १९ जेठ । मानव अधिकार तथा शान्ति समाज, कास्कीले जेठ १९ गते शान्ति समाजको २५ औं स्थापना दिवस मनाएको छ ।

कोरोना कहर र लकडाउनले निम्त्याएको असहज परिस्थितिमा पनि सामाजिक दूरी कायम राख्दै समाजको स्थापना दिवस मनाइएको हो । मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रका प्रतीक चारवटा मैनबत्ती प्रज्वलित गरी सुरु गरिएको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै समाजका सल्लाहकार कुलबहादुर नेपालीले शान्ति समाजको ईतिहास गौरवमय भएको बताउँदैे देश र जनाताको अधिकार स्थापनार्थ समाजको स्थापना भएको कुरा बताए ।

मन्तब्यमा सल्लाहकार नेपालीले विश्वनै कोरोना कहरसंग जुधिराखेका बेला छिमेकी राष्ट्र भारतले सिमाना विवाद निम्याएर नेपालको सार्वभौमिकता माथि औंला उठाएको बताए । स्वाभीमानी नेपाली ईतिहासमा कहिल्यै कसैसंग नझुकेको बताउँदै देशले आफ्नो भूमिफिर्ता गरेरै छाड्ने समेत उल्लेख गरे ।

यसैगरी उनले रुकुमको घटनाको घोर निन्दा गर्दै आजको युगमा जातीय विभेदका कारण पाँच युवाको हत्या हुनेगरी भएको घटना नेपाली समाजका लागि लज्जास्पद र दुर्भाग्यपूर्ण भएको भन्दै दोषीहरुलाई कडा सजायँको माग गरे । शान्ति समाज कास्कीका सभापति अमृत सुवर्णकारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षको तर्फबाट शुभकामना मन्तब्य राख्दै शान्ति समाज देश र विश्वमा विद्यामान जातीय, लैङ्गिक, रङ्गभेद लगायत सबैखाले विभेदको विपक्षमा लड्ने बताए । साथै उनले रुकुमको घटना अमानवीय घटना भएकाले सबै पीडितहरुले उचित न्याय पाउनु पर्ने र पीडकहरुलाई हदैसम्मको कारवाही हुनुपनेमा जोड दिए ।

कार्यक्रममा समाजका कोषाध्यक्ष रुद्रबहादुर नेपाली, सदस्य पार्वती बराल लगायतले स्थापना दिवसको शुभकामना दिएका थिए । लकडाउनका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने समाजका सदस्यहरुले फोन मार्फत शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम शान्ति समाज कास्कीका सचिव रामकृष्ण ढुङ्गानाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width