नेपालमा एकैदिन २ सय ३९ जना कोरोना संक्रमित भेटिएका छन् । एकैदिन कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च हो । योसहित कुल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।
नयाँ संक्रमित भेटिएकाहरुमा पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको पीसीआर परीक्षणमा थप १३ जना संक्रमित भेटिएसँगै कुल संक्रमितको संख्या नेपालमा १ हजार ८ सय ११ पुगेको हो ।
मन्त्रालयले भर्खरै जारी गरेको विज्ञप्तिअनुसार पाल्पाको निस्दी गाउँपालिकाका १७ र ३६ वर्षका पुरुषमा कोरोना भेटिएको छ ।
स्तै, नवलपरासीको सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मीको रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष, रुपन्देहीको गैडहवा गाउँपाकिलाका ३ वर्षीय बालिका, ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
यसैगरी, कपिलबस्तुको मायादेवी गाउँपालिकाका ७ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरु १९ देखि ४० वर्ष उमेर समूहका हुन् ।
यसअघि, दिउँसोमात्रै मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको थियो ।
जसमा झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म २ सय २१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्यामा एकाएक वृद्धि हुँदै गएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१