१३ जिल्लामा सिडियोसहित ४४ सहसचिव र उपसचिवको सरुवा

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७७
Home_ministry_nepal

गृह मन्त्रालयले देशका १३ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जेठ १८ मा भएको मन्त्रिस्तरको निर्णयबमोजिम मन्त्रालयले सोमबार प्रजिअ दरबन्दीसहित ४४ जना सहसचिव/उपसचिवको सरुवा, काज तथा पदस्थापना गरेको हो ।

जस अनुसार सुर्खेतका सिडिओ रमेश न्यौपाने पाल्पा सरूवा भएका छन् भने पाल्पाका सिडिओ यादव सुवेदीलाई काजमा गृह मन्त्रालय तानिएको छ ।

यस्तै, महोत्तरीका सिडिओ सूर्यबहादुर खत्रीको इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरूवा गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको सीडीओमा पदस्थापन गरिएको छ ।
बर्दियाका सीडीओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने ओखलढुंगाका सीडीओ गणेश आचार्यलाई डिल्लीबजार कारागारको जेलरमा सरुवा गरिएको छ । डिल्लीबजार कारागार जेलर अरुण पोखरेलाई उदयपुरको सहायक सीडीओमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सीडीओ जीवन आचार्यलाई संखुवासभाको सीडीओमा सरुवा गरिएको छ ।

सूचीसहित :

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै