आज थप १ सय ७० जनामा कोरोना भाइरस संक्रमण

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
covid 19 corona banner

पाेखरा, १६ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या १ हजार २ सय १२ पुगेको छ । पछिल्लोपटक १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हाे। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार सबैभन्दा बढी रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ५१ र झापामा २८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय ६५ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको हो।

  • कोसी अस्पतालको प्रयोगशालाः झापाका २७ जना
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानः सप्तरी राजविराजका ४ जना, झापाको भद्रपुरका १ जना
  • नारायण अस्पतालको प्रयोगशालाः  बाराका ४, पर्साका ४, जिराभावनीका १ जना
  • पाटन अस्पतालः १ जना
  • गण्डकी अस्पतालः म्याग्दीका १ जना
  • भेरीमा गरिएको परीक्षणः बाँकेका १० जना
  • भरतपुर अस्पतालः कपिलवस्तुका ४ जना र नवलपरसीका २ जना
  • राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंः कपिलवस्तुका २३ जना, रौतहटका ५६ जना, सर्लाहीका ४ जना
  • रुपन्देहीको प्रदेशिक प्रयोगशलाः  कपिलवस्तुका १५ जना र रुपन्देहीका १ जना
  • राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानः दाङका २ जना, कपिलवस्तका ९ जना

आज कोरोना संक्रमणमुक्त भएर १९ जना डिस्चार्ज भएका छन् । आजसम्म २ सय ६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width