नवलपरासी, १६ जेठ। पूर्वी नवलपरासीमा शुक्रबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार संक्रमित हुने व्यक्ति देवचुली ११ का १९ वर्षीय र देवचुली १५ का २१ वर्षीय पुरुष रहेका छन् ।
यो सँगै पूर्वी नवलपरासीमा संक्रमितको संख्या ६ पुगेको छ भने देवचुली नगरपालिकामा मात्रै ५ पुगेको छ ।
देवचुली ११ का संक्रमितको स्वाव मध्यविन्दु अस्पतालमा वुधवार संकलित ३२ जना मध्येको १ जनामा पोजेटिभ देखिएको हो भने ३१ जनामा नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
उनको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो भने उन भारतको महाराष्ट्रबाट यही जेठ १२ गते देवचुली आइपगेका हुन् ।
त्यस्तै अर्का संक्रमित २१ वर्षीय युवा भारतको उत्तरप्रदेश बाट यही जेठ ९ गते भारतबाट आएका थिए । उनको विहीबार संकलित देवचुली नगरपालिकाको २५ स्वाव मध्येबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
संक्रमित दुवै जनालाई मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । यसअघि शुक्रबारे देवचुली मै एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । उनलाई भरतपुर स्थित कोरोना अस्थायी अस्पतालमा राखिएको छ ।
देवचुली नगरपालिका भित्र क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन कार्य सकिएकोले शनिबार थप स्वाब संकलन नहुने जनाएको छ । तथापि उनीहरुको सम्पर्कमा आएका कोही भेटिए स्वाब संकलन गरिने चापागाईले बताए।
विहीबार नै हुप्सेकोट गाउँपालिकाका १५ जनाको स्वाब संकलन गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१