गण्डकी विश्वविद्यालयको न्यासिक परिषद् गठन

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
gandaki-pradesh-goverment-sarkar-mukhya-mantri-chief-minister

पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयको न्यासिक परिषद् गठन गरिएको छ । सरकारले जेठ ९ गते १० सदस्यीय परिषद् गठन गरेको हो । परिषद्मा प्राडा जीत जोशी, प्राडा राममनोहर श्रेष्ठ, डा. जगदिशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. तीर्थ थापा, डा. सुमित्रा मानन्धर गुरुङ, डा. प्रतिभा पाण्डे, डा. चन्द्र ढकाल, कृष्ण आचार्य र निर्मल गुरुङ सदस्य छन् ।

विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर परिषद् गठन गरिएको हो । विश्वविद्यालयलाई सम्पूर्ण रुपमा न्यासिक परिषद्ले नियन्त्रण गर्नेछ । १९ सदस्यीय न्यासिक परिषद् गठन गरेपछि आवश्यक्ता अनुसार परिषद्ले नै निर्णय गरेर सदस्य थप गर्न सक्नेछ । बाँकी सदस्य विस्तारै थप गर्दै लैजाने बताईएको छ । न्यासिक परिषद् मातहतमा विभिन्न उपसमिति रहनेछन् ।

त्यसबाहेक प्राज्ञिक परिषद््, जनशक्ति व्यवस्थापन आयोग, अन्तराष्ट्रिय सम्बन्ध केन्द्र, अनुगमन तथा मूल्याङ्कन शाखा, नीति, योजना तथा वित्त व्यवस्थापन शाखा पनि रहनेछ ।
यस्तै, विद्या परिषद््, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र, परामर्श र सामुदायिक सेवा केन्द्र, कानुनी परामर्श र पुनरावेदन, मूल्याङ्कन तथा प्रमाणीकरण वोर्ड, विद्यार्थी कल्याण तथा खेलकुद शाखा, क्याम्पस र स्कुल हुँदै क्रमशः तल्लो तहसम्म पुग्नेछ । सरकारले फागुन पहिलो साता प्राडा गणेशमान गुरुङलाई गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width