नेपालमा थप ९ जनामा कोरोना संक्रमण, ५१६ पुग्यो

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७७
covid 19 corona banner

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा ९ जना संक्रमित भेटिएका हुन् । बारामा मात्रै ६ जना संक्रमित फेला परेका छन् ।

सप्तरी, भक्तपुर र मकवानपुरमा १/१ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमित ५ सय १६ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जनाएको हो ।

गण्डकी प्रदेशमा भने कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width