वालिङमा फेरि भेटियो डमरु

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७७
Damaru

वालिङ नगरपालिका ८ भिमटारीमा बाघको बच्चा डमरु भेटिएको प्रहरीले जनाएको छ । कुकुरले लखेट्दै गरेको अवस्थामा डमरु भेटिएको हो।

भिमटारी स्थित खुमबहादुर क्षेत्रीको घर नजिकै रहेको जंगलबाट कुकुरले लखेट्दै घरतर्फ ल्याँउदै गरेको समयमा स्थानीयको खवरपछि प्रहरीले डमरुलाई नियन्त्रणमा लिएको हो । अहिले डमरु वडा प्रहरी कार्यालय वालिङमा राखिएको र इलाका बन कार्यालयलाई खवर भैसकेको जनाइएको छ ।

कार्यालयमा रहेको डमरुलाई वन कार्यालय अथवा इलाका बन कार्यालयमा बुझाउने तयारी भैरहेको प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिए ।

झण्डै एक महिनाअघि पनि पनि वालिङमै चरिबाघको बच्चा डमरु भेटिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै