दमौली बजार हप्ताको चार दिन खुल्ने

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७७
8118896296_7d3316ed00

तनहुँ, ६ जेठ । सदरमुकाम दमौली बजार आज मंगलबारदेखि लागु हुने गरी हप्ताको चार दिन तीन घण्टाका दरले खुल्ने भएको छ । यसअघि दैनिक समयावधि तोकी पसल खुलाउने गरे पनि मानिसको चहलपहलमा वृद्धि हुँदै गएपछि न्यूनीकरणका लागि समयावधि घटाइएको हो ।

व्यास नगरपालिका बजार अनुगमन समितिले यही जेठ ६ गतेदेखि लागु हुने गरी हरेक हप्ता सोमबार, मंगलबार, बुधबार र बिहीबार बिहान ११ देखि अपराह्न २ बजेसम्म दमौली बजार क्षेत्र खुला राखिने निर्णय गरेको समितिका संयोजक एवं नगर उपप्रमुख मीरा जोशीले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width